अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

विश्वमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ करोड नाघ्यो

बिआरटीनेपाल २०७८ असार १० गते ८:३९ मा प्रकाशित

विश्वमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि हुनेको संख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो । विश्वका धेरैजसो ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वमा संक्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । यो कुल संक्रमणको झण्डै ९२ प्रतिशत हो । संक्रमण पुष्टि भएकामध्ये ३९ लाख ६ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वका दुई सय २२ वटा देश तथा स्वशासित क्षेत्रमा कोरोना पुष्टि भएकोमा १६ वटा देश तथा स्वशासित क्षेत्रमा सक्रिय संक्रमितको संख्या शून्यमा झरेर कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू