अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

प्रधानमन्त्री ओलीद्धारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर

बिआरटीनेपाल २०७८ असार १० गते ८:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै शिक्षा मन्त्रालय सम्हालिरहनुभएका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, रोजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनुभएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू