अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

चीनका चार कम्पनीको खोप विदेश निर्यातका लागि खुला

बिआरटीनेपाल २०७८ असार ९ गते ७:५३ मा प्रकाशित

चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरेको छ । यी खोपहरूलाई चीनभित्र सर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको थियो ।चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ वायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ वायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्युट अफ वायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । चीनले विश्वका सबै मुलुकलाई सुलभ दरमा खोप उपलब्ध गराउन उत्पादक कम्पनीहरू तयार रहेको पनि बताएको छ ।

चिनियाँ अधिकारीहरूले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने बताएको छ । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू