अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

शेयर बजार परिसुचक नेप्सेमा उच्च अंकको गिरावट

बिआरटीनेपाल २०७८ असार ९ गते ७:५१ मा प्रकाशित

शेयर बजार परिसूचक (नेप्से) मा बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से ७९ दशमलव चार तीन अंकले बढेर दुई हजार ९ सय १३ दशमलब आठ चार विन्दुमा पुगेको थियो । बुधबार नेप्से ५३ दशमलव आठ आठ अंकले घटेर दुई हजार ८ सय ५९ दशमलब नौ छ विन्दुमा रोकिएको छ ।

त्यस्तै, बुधबार ८ अर्ब ३६ करोड २६ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार बुधबार दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ५४ करोड भन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू