अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

ओलम्पिक खेल अवधिमा मापद पदार्थ विक्री वितरणमा रोक

बिआरटीनेपाल २०७८ असार ९ गते ७:५० मा प्रकाशित

जापानको टोकियोमा हुने ओलम्पिक खेल अवधिमा मापद पदार्थ विक्री वितरणमा रोक लगाइएको छ । खे अवधिभरको सुरक्षालाई मध्येनजर गर्दै मादकपदार्थ विक्री वितरणमा रोक लगाइएको टोकियो ओलम्पिक २०२० का अध्यक्ष सीको हाशीमोटेले आज जानकारी दिनुभयो । ओलम्पिक आयोजक मध्येको एक असाही ब्रुअरिजले पनि यस निर्णयमा सहमति जनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

ओलम्पिक सुरु हुन ३० दिनमात्रै बाँकी रहेकोले सुरक्षित किसिमले खेल सम्पन्न गर्न आयोजकको ध्यान केन्द्रित भएको बताइएको छ । खेल सञ्चालन हुने रंगशालाको बाहिर मादक पेयपदार्थ विक्री तथा रंगशालाभित्र लैजान पनि प्रतिवन्ध लगाइएको बीबीसीले लेखेको छ । स्वास्थ्य अधिकारीहरुले मादक पदार्थको सेवनका कारण रंगशालामा भौतिक दुरी कायम गराउन असहज हुने प्रतिक्रिया दिएपछि खेल अवधिभरका लागि यस्तो प्रतिवन्धको घोषणा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू