अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

अमेरिकामा नेपाली मूलका कलाकार केसी मेरिल्यान्डमा भएको चित्रकला प्रतियोगितामा प्रथम

विजय थापा २०७८ असार ९ गते ६:३९ मा प्रकाशित

वासिङ्टन डिसी । करिब डेढ दशक देखि डिसी महानगर क्षेत्रमा जम्दै आएका नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसीले बनाएका चित्रकलाले प्रथम स्थान हासिल गरेको छ ।

उनले अमेरिकाको मेरिल्यान्ड राज्यको एलिकट सिटी नामक सहरमा आयोजना भएको चित्रकला प्रतियोगितामा पहिलो स्थान हासिल गरेका हुन् ।

उक्त प्रतियोगितामा सहभागी हुने केसी नेपाली मूलका एक मात्र कलाकार हुन् । उनले जुरिड आर्टिस्टको रूपमा उक्त प्रतियोगिता सहभागी हुँदा उनले ४० जना अमेरिका भरिका कलाकारलाई पछि पार्दै पहिलो स्थान भएका हुन् ।

उक्त प्रतियोगितामा अमेरिका भरिका थुप्रै कलाकारहरूले सहभागी हुन् पाउँछन् तर निर्णायक समितिले ४० जनालाई मात्र छनौट गर्दछ । ती ४० जना मध्ये उत्कृष्ट मध्ये चित्रकार केसी प्रथम भएका हुन् ।

उनले उक्त प्रतियोगितामा प्रथम भए पछि सामाजिक सञ्जाल मार्फत उनले यो मेरो जीवन-यात्राको धेरै शीर्ष चुनौती हो भनी खुसी व्यक्त गरेका छन् ।

उनले उक्त प्रतियोगितामा दुई वटा चित्रकला बनाएका थिए भने उक्त चित्रकला तुरुन्तै बिक्री भएको छ । उक्त प्रतियोगिता मेरिल्यान्ड राज्यको ऐतिहासिक सहर एलिकोटमा जुन १० -१३ सम्म चलेको थियो । गत जुन १८ शुक्रवारका दिन जुम (परोक्ष ) माध्यमबाट कलाकार राजेन्द्र केसीलाई पुरस्कार प्रदानको घोषणा गरेको थियो ।

यो विजयी सँगै फेरी मेरिल्यान्डमा हुने अर्को प्रतियोगितामा केसी सहभागी हुने भएका छन् ।

डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन् । काठमाडौँ जावलाखेल घर भई झन्डै १४ वर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफू भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा उकुस मुकुस भएको बताएका थिए ।

उनले अमेरिकाका स्थानीय विदेशी कलाकारहरूसँग हातेमालो गरे पछि आफू पनि विदेशीसँगै अगाडी बढ्न मार्ग खोलेका थिए ।

सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् । उनी चित्रकलामा २८ वर्ष देखि संलग्न छन् भने अमेरिकामा राम वनवास गए झैँ १४ वर्ष देखि स्थापित कलाकार भएका छन् ।

उनी अहिले चित्रकला सम्बन्धी आफै पढाउँछन् । उनी सँग पढ्न आउने विद्यार्थीहरू व्यावसायिक र निकै निपुण रहेका कलाकार पनि सिकी रहेका छन् । दृश्य चित्र बनाउन माहिर केसी आफ्ना शिष्यहरूलाई चित्रकला बनाउन बाहिर लगेर दृश्य हेरेर बनाउन लग्छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू