अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

सर्लाहीमा खाल्डाेमा जमेकाे पानीमा डुबेर दाजुभाइकाे ज्यान गयाे

बिआरटीनेपाल २०७८ असार ९ गते २:०१ मा प्रकाशित

सर्लाहीमा खाल्डोमा जमेकाे पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नम्बर ११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका उनीहरूकाे इँटा बनाउँदा खनिएकाे खाल्डाेमा जमेकाे पानीमा पौडी खेल्दा ज्यान गएको हो ।

यस्तै सर्लाहीमै हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार राति घर भत्काउन थालेपछि बाहिर निस्किएका ईश्वरपुर नगरपालिका १३ का ५५ वर्षका रामआशिष महतोलाई हात्तीले आक्रमण गरेको र उपचारका क्रममा बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू