अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

अफ्रिकाको बुर्किना फासोमा ११ प्रहरीको हत्या

बिआरटीनेपाल २०७८ असार ९ गते १:५८ मा प्रकाशित

पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ । हतियारधारी समूहले चौकीमा अक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।राहत वितरणका क्रममा विद्रोहीहरुको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।

आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ । सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकूहरुको सामना गरिरहेको छ ।सो आक्रमणमा हालसम्म एक हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । विद्रोहीको निरन्तरको आक्रमणका कारण मालीको सीमा नजिकै मानविय संकट उत्पन्न भएको भन्दै दातृ निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

विद्रोहीको लगातारको आक्रमणका कारण कयौ सर्वसाधारण विस्थापित भएको समाचारमा जनाइएको छ । विद्रोहीको हिंसात्मक आक्रमणका कारण विस्थापित हुनुहरुमध्ये करिब ८४ प्रतिशत महिला तथा बालबालिका रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू