अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

रोल्पामा पहिरोको कारण तीन जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असार ९ गते १:५३ मा प्रकाशित

रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति सुतेका ६ जना मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जना घाइते भएका छन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्दारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू