अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

कोरोना खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

बिआरटीनेपाल २०७८ असार ८ गते ९:४५ मा प्रकाशित

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिनुभएको छ ।राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिनुभएको हो ।

फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन् । फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरेपनि त्यो स्वेच्छिक हुने बताएका थिए ।

फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू