अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

अदालतको आदेशले एमालेको एकतालाई जोड दिएको नेता योगेश भट्टराईको दाबी

बिआरटीनेपाल २०७८ असार ८ गते ९:४३ मा प्रकाशित

एमाले नेता योगेश भट्टराईले सर्वोच्च अदालतको पछिल्लो आदेशले एमालेको एकतालाई जोड दिएको टिप्पणी गर्नुभएको छ । मंगलवार सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले अदालतको फैसला एमालेका लागि एएटा एउटा पाठ पनि भएको बताउनुभएको छ । ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त’, उहाँले ट्वीटरमा लेख्नुभएको छ । अदालतको आदेशलाई एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्ने बताउदै उहाँले बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ भएको उल्लेख गर्नुभएको छ ।

सर्वोच्च अदालतले केही दिनअघि एमालेको महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार गरेको थियो । यस्तै एमालेको ओली पक्षले कारबाही गरेका कर्णाली प्रदेशका ४ सांसदलाई अदालतले पुनर्बहाली गरिदिएको थियो । यस्तै एमालेभित्रकै विवादका बेला प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्चले बदर गरिदिएको छ । अदालतको पछिल्लो निर्णयले शपथ लिएको १९ दिनपछि नै २० मन्त्री पदमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू