अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

काँग्रेसद्धारा कोभिड–१९ रोकथाम तथा उपचारमा भएको सरकारी खर्चको विवरण माग

बिआरटीनेपाल २०७८ असार ८ गते ९:२७ मा प्रकाशित

नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम तथा उपचारमा सरकार अपारदर्शी भएको भन्दै यसको सम्बन्धमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ ।
आज निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको तर्फबाट नेता डा। प्रकाश शरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारको लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको सम्बन्धमा स्वेतपत्र जारी गर्न माग गरेको हो । भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ नेता महतले कोभिड–१९ नियन्त्रणको नाममा सरकारले दुरुपयोग गरेको र अब त्यस्तो नहोस् भन्ने कुरामा ध्यानाकर्षण पनि गराएको बताउनुभयो

नेता महतले कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि खोपको विकल्प नभएकाले खोप ल्याउने विषयमा सरकारको कार्ययोजना के छ जनताले जान्न पाउनुपर्ने माग राखिएको पनि बताउनुभयो । खोपको छिट्टै सुनिश्चित गराउनको लागि पनि सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू