अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

‘मुलुकमा विकास र सुशासनको यात्रा अघि बढिरहेको छ’- प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७८ असार ८ गते ९:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौँ आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन नगरपालिका ६ मा रहेको डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअल रूपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा देशले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउनुभयो ।

उहाँले देशलाई ताजा जनादेशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू