अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

राजेश पायल राईसँगको गीतको सफलतापछि गायक ईशान राईको ‘यो दिलमा’ गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७८ असार ८ गते ८:४७ मा प्रकाशित

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन ३ को नकआउटबाट बाहिरिएका गायक ईशान राई नयाँ गीतहरू ल्याउनमा ब्यास्त छन् । यस्तै क्रममा गायक ईशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ । विशाल चौतारी टिभी युट्युब च्यानलबाट अफिसियल गीत सार्वजनिक गरिएको छ ।

‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको सङ्गीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई गायक ईशानले स्वर दिएका छन् ।

चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि ईशानको अझ बढी चर्चा चुलिएको हो । ईशान ‘धरानकी सान्नानी’ गीतको सफलतापछि ‘यो दिलमा’ गीतबाट पनि सफलताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन विशाल राईले गरेका छन् ।

प्रतिक्रिया