अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

स्वीडेनका प्रधानमन्त्रीले विश्वासको मत पाएनन्

बिआरटीनेपाल २०७८ असार ८ गते ८:२१ मा प्रकाशित

संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन पदमुक्त हुनुभएको छ । संसदमा भएको मतदानमा बहुमत सदस्यहरूले उहाँलाई बिदा गर्ने पक्षमा मत दिएका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जना अनुपस्थित भएका थिए ।

३४९ जना सांसद मध्ये १ सय १७ जना मात्रै प्रधानमन्त्री लोफभेनको पक्षमा उभिएका थिए ।विश्वासको मत नपाएपछि अब प्रधानमन्त्री लोफभेनलाई राजिनामा दिन वा मध्यावधि निर्वाचन घोषणा गर्न एक हप्ताको समय रहेको छ । सत्तारुढ दक्षिणपन्थी पार्टीलाई ग्रिन पार्टीले दिएको समर्थन फिर्ता लिएपछि स्विडसि सरकार संकटमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू