अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

१३ लाख नागरिकलाई तत्काल कोरोना विरूद्धको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

बिआरटीनेपाल २०७८ असार ८ गते ८:१९ मा प्रकाशित

६५ वर्षभन्दा माथिल्लो उमेर समूहका १३ लाख नागरिकलाई तत्काल कोरोना विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

यथाशिघ्र खोपको व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएको छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । खोप लगाउने समयसिमा टर्न लागेपछि सर्वाेच्चमा रिट दाएर भएको थियो । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउन सकेको छैन । अझै १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी छ । समयमै खोप प्राप्त नभएपछि १३ लाख जेष्ठ नागरिक खोप लगाउनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू