अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना पुष्टि, निको हुने दर ९०.२ प्रतिशत

बिआरटीनेपाल २०७८ असार ८ गते ८:१५ मा प्रकाशित

नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४ जनाको पीसीआर परीक्षण र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमा धौलागिरी अस्पतालबाट यसअघि भएको परीक्षणको विवरणसमेत जोडिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ । अहिले नेपालमा कोरोना संक्रमण निको हुने दर ९० दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार ६ सय ४८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र प्राप्त अन्य विवरणसहित ४१ जनाको संक्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म ८ हजार ८ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू