अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

गर्मीमा रोहित मास्केको चिसो चिसो हावा चल्यो

बिआरटीनेपाल २०७८ असार ७ गते ८:४५ मा प्रकाशित

धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ” चिसो चिसो हावा चल्यो ” विश्व सङ्गीत दिवस “को अवसर पारी सार्वजनिक गरेका छन्।
आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो “को रूपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -सङ्गीत समेत रहेको छ ।

जेम्स प्रधानले सङ्गीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाइपछि विगत ५ वर्ष देखि धरानमै आफ्नो व्यवसायसँगै फुर्सदको क्षणमा सङ्गीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने विभिन्न साङ्गीतिक कार्यक्रममा समेत भाग लिई रहने गायक मास्केले “चिसो चिसो” बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन् ।

एक वर्ष अघिको कोभिड महामारीमा केही गीतहरू सार्वजनिक गरेका गायक मास्केले एक वर्ष पछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यही गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित मास्के ।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया