अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

सिंहदरबारको गेटमा उपप्रधानमन्त्री महतोलाई प्रवेश निषेधको पर्चा टाँसियो

बिआरटीनेपाल २०७८ असार ७ गते ८:३८ मा प्रकाशित

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ ।उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस गरिएको हो ।

पर्चामा “नयाँ पार्टी, नेपालले दिएको समयसिमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ”– उल्लेख छ । नयाँ पार्टी, नेपालका प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले उपप्रधानमन्त्री महतोलाई आफ्नो नागरिकताबारे स्पष्ट पार्न समयसीमा दिएको तर उनले स्पष्ट नपारेपछि सिंहदरबार प्रवेश निषेधको पर्चा टाँसेको बताउनुभयो ।

विदेशी नागरिक राजेन्द्र महतोलाई नयाँ पार्टी नेपालले सिंहदरबार प्रवेश निषेध गर्ने र देशभरी निषेध गरी यिनको नागरिकता रद्द गरेर देश निकाला गर्ने योजनाअन्तर्गत सूचना टाँस्नुपरेको पार्टीले जनाएको छ । दक्षिण गेट परिसरमा दुई जना व्यक्ति गएर पर्चा टाँस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू