अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

टुटल र पठाओले मंगलबारबाट सेवा सुरु गर्ने

बिआरटीनेपाल २०७८ असार ७ गते ८:३६ मा प्रकाशित

काठमाडौं उपत्यकामा राइड सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबारबाट सेवा सुरु गर्ने भएका छन् । जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओले सेवा सुरु गर्ने भएका हुन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा सुरु कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू