अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

नोट छपाइका लागि आह्वान गरेको बोलपत्रमा परेको आवेदन रद्द

बिआरटीनेपाल २०७८ असार ७ गते ८:३५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले नोट छपाइको लागि आह्वान गरेको बोलपत्रमा परेको आवेदन रद्द गरेको छ । गत चैतमा गरेको नोट छपाइ आह्वानमा परेको सबै आवेदनलाई राष्ट्र बैंकले रद्द गरेको हो ।

राष्ट्र बैंकले सबै प्रकारको नोट छपाइ आपूर्ति र वितरणका लागि गत चैत २० गते ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । जसमा १० वटा कम्पनीले आवेदन दिएका थिए । तर आवेदकहरुले राष्ट्र बैंकले माग गरेको आवश्यक कागजात पेश नगर्दा सो बोलपत्र आह्वान रद्द गरिएको राष्ट्र बैंक भुक्तानी प्रणालीले जनाएको छ ।

छपाइका लागि अमेरिका, चीन, भारत, फ्रान्स लगायत १० वटा अन्तर्राष्ट्रिय कम्पनीहरुले आवेदन पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू