अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि समिति गठन

बिआरटीनेपाल २०७८ असार ७ गते ८:२३ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको छ । क्यानले आज क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको हो । समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् भने प्रायोजकको तर्फबाट रहेका सदस्यको नाम खुलाईएको छैन ।

क्यानले तयार गरेको समितिले आवेदन परेको मध्यबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ र, क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले दुई साता अघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको समेत जनाएको छ । उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप एक लाख पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू