अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

काश्मीरमा सुरक्षाकर्मीले चलाएको गोली लागि ३ जना विद्रोहीको मृत्यु

बिआरटीनेपाल २०७८ असार ७ गते ८:१९ मा प्रकाशित

भारतको काश्मीरमा सुरक्षाकर्मीले गरेको कारबाहीमा परि तीन जना विद्रोहीको मृत्यु भएको छ । काश्मीरको सोपोरमा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपको क्रममा उनीहरु मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मीरका आईजीपी विजय कुमारले घटनामा परी मृत्यु भएकाहरु लश्कर–ए–तैयबाका रहेको पुष्टि गर्नुभएको छ ।

काश्मीर प्रहरीका अनुसार ३ प्रहरी, २ काउन्सलर र केहि समय अघि २ जना सर्वसाधारणको हत्या गरेको र अन्य विद्रोही गतिविधिमा समेत संलग्न रहेका लश्कर ए तैयबाका मुदस्सिर पण्डीतपनि कारबाहीमा मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू