अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

दुई वर्षभित्र कोरोनाविरुद्धको लडाइँ जित्छौँ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७८ असार ७ गते ८:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँलाई पराजित गर्ने बताउनुभएको छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र कोरोनाविरुद्धको लडाइँ जित्ने बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको कारण योगको महत्व झनै बढेको बताउनुभएको छ ।

व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आउने पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । देशमा असभ्यता बढेको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू