अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नेपालमा थप २ हजार २ हजार ९७ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ असार ७ गते ८:१२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३१ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

आज थप ४६ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १ दशमलब ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू