अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

नेपाल प्रहरीका १६ जना डीआईजीको सरुवा

बिआरटीनेपाल २०७८ असार ७ गते ८:१२ मा प्रकाशित

गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तमराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ।

प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी वसन्तकुमार पन्त र घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ। यसैगरी केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू