अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे र प्रचण्डबीच भेट

बिआरटीनेपाल २०७८ असार ६ गते ८:२६ मा प्रकाशित

गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मनाङ्गे आफैंले दाहालसँगको आफ्नो भेटवार्ता भएको सार्वजनिक गर्नुभएको हो । फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उहाँले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ उल्लेख गर्नुभएको छ ।

भेटवार्ताको कारण नखुलाइए पनि राजनीतिक लविङका लागि मनाङ्गे माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ । तेस्रोपटक मन्त्री बन्नुभएका मनाङ्गेले गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिररहनुभएको हो ।

आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस, माओवादी र स्वतन्त्र सांसद मनाङेबीच संघर्षमा चलिरहेको छ । त्यसैका लागि मनाङ्गे खुमलटार पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू