अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

‘नेपालमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको छ’- स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७८ असार ६ गते ८:०८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेटियन्ट फैलिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएको ४८ नमूना मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी दिनुभयो ।

विश्व स्थास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको नयाँ दिल्लीमा गरिएको परीक्षणमा ४७ जनाको नमूनामा डेल्टा भेरियन्ट र १ जनाको नमुनामा अल्फा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।प्रवक्ता डा। पौडेलले डेल्टा भेरियन्ट देखिएका ४७ नमूना मध्ये पनि ९ नमुनामा के फोर्टिवन सेभेन एन नामक म्यूटेट भेरियन्ट देखिएको बताउनुभयो ।

यस्तै मन्त्रालयले बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा सहयोग गर्न जानेहरुले स्वास्थ्य सुरक्षा अप्नाउन आग्रह गरेको छ । संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले सहयोग गर्न जानेहरुले अनिवार्य रुपमा सुरक्षा सावधानी नअपनाउने हो भने संक्रमण बढ्ने खतरा रहेको भन्दै ध्यानआकृष्ट गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू