अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

कोरोना संक्रमण नियन्त्रणको लागि ओमानमा आजदेखि रात्रिकालीन कर्फ्यु लगाईदै

बिआरटीनेपाल २०७८ असार ६ गते ८:०० मा प्रकाशित

ओमानले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को सूचना जारी नभएसम्मको लागि रात्रिकालीन कफर्यु लगाउने भएको छ । राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने त्यहाँको सरकारी निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यो समयमा बाहिर हिँडडुल गर्न र सवारी साधन प्रयोग गर्न पाइने छैन । तर अत्यावश्यक व्यवसाय सञ्चालनमा भने रोक लगाएको छैन । यस्तै होम डेलिभरी सेवा पनि चालु रहने जनाइएको छ ।

ओमानमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले ओमानले कडा सुरक्षा मापदण्ड अपनाएको हो । ओमानमा अस्पतालका क्षमताको ९५ प्रतिशत बिरामी भरिएको गल्फ न्युजले जनाएको छ । आईसीयूमा मात्रै ३३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । दुई लाख ४२ हजार ७२३ जनामा संक्रमण पुष्टि भएकोमा दुई लाख १४ हजार निको भएका र दुई हजार ६ सय २६ जनाले ज्यान गुमाइसकेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू