अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

पलेशा गाेवर्द्धन पाराओलम्पिकमा छनाैट

बिआरटीनेपाल २०७८ असार ५ गते ७:३५ मा प्रकाशित

वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवर्द्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्डकार्डको माध्यमबाट खुट्किलो पाएकी पलेशा पहिलो पटक समावेश भएको पाराल्याम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समेत बनेकी छन् ।

खेललाई जिवन समर्पण गरेका धेरै खेलाडीको सपना ओलम्पिकमा सहभागी हुने गर्दछ । देशका लागि मेडल ल्याउने र देशको नाम संसारभर चिनाउने । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन वाइल्ड कार्डमार्फत जापानमा हुने पाराल्याम्पिक खेलमा छनोट भएकी हुन् । विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकोले अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार ५८ किलाे मुनिको स्पर्धा वाइल्ड कार्डमार्फत पलेशा छनाैट भएकी हुन् ।

ओलम्पिकका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गएकाे २०७८ जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो ।  तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वरेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो । त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन ५८ किलाे र रञ्जना धामी ४९ किलाेको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो ।

नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ किलाे मुनिको तौल समूहमा पाँचौँ भएकी थिइन् । विभिन्न प्रतियोगितामा पाएको सफलताले प्राप्त वाइल्ड कार्डको बाट अवसर पाएकी पलेशाले बेलायतमा भएको सातौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा यसै तौला समूहमा पाँचौ भएकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा आफ्नो समूहमा कास्य पदक हात पारेकी पलेशाले २०१९ मा जोर्डनमा भएको पाँचौं एसियन पारा तेक्वान्दो र टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि पाँचौँ नै भएकी थिइन् ।

प्रतिक्रिया