अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

गण्डकीका मुख्यमन्त्री पाेखरेललाई विश्वासकाे मत प्राप्त

बिआरटीनेपाल २०७८ असार ४ गते ६:४७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासकाे मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभयो ।

यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासकाे मत लिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू