अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

कर्णालीका तीनजना मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

बिआरटीनेपाल २०७८ असार ४ गते ६:४५ मा प्रकाशित
एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गर्नुभएको थियो । नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू