अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

बिआरटीनेपाल २०७८ असार ३ गते २२:२९ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिनुभयो ।

यता, कृयाशील छानमिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई कृयाशील सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ ।पार्टीमा कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ । कृयाशील छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू