अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

युरोपक: बेल्जियम र नेदरल्याण्ड्स नक आउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७८ असार ३ गते २२:२४ मा प्रकाशित

बेल्जियम र नेदरल्याण्ड्स युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स नक आउट चरणमा पगेको हो ।अष्ट्रियाविरुद्धको खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन मेिम्फस डिपे र डेन्जेल डम्फ्रेजले एक एक गोल गरे ।

समूह ‘सी’ मा लगातार दुई खेल जित्दै नेदरल्याण्ड्सले एक खेल अगावै नक आउट चरणमा ठाउँ पक्का गरेको हो । यही समुहको अर्को खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ ले हरायो । जितसँगै युक्रनेले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा उत्तरी मेसेडोनियाको यात्रा समूह चरणमै टुंगिने निश्चित भएको छ ।

उता समुह ‘बी’ को खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । डेनमार्ककको कोपन हेगेनमा गएराति भएको खेलमा घरेलु टोलीका योसुफ पौल्सेनले दोस्रो मिनेटमै एक गोल गरे ।तर दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्ड र केभिन डे ब्रायनले एक एक गोल गर्दै बेल्जियमलाई विजयी गराए ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे आयरल्याण्डको डब्लीनमा हुने खेलमा स्विडेन र स्लोभाकिया भिड्नेछन् । बेलुकी पौने १० बजे स्कटल्याण्डको ग्लास्गोमा क्रोएसियाले चेक रिपब्लिकसँग खेल्दा राति पौने १ बजे लण्डनमा हुने खेलमा इंग्ल्याण्डले स्कटल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू