अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

बिआरटीनेपाल २०७८ असार ३ गते २२:२१ मा प्रकाशित

ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ ।टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको हो ।

गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो ।तर स्वास्थ्य सावधानी भने खेल अवधिभर नै कायम रहने आयोजकले जनाएको छ । आगामी जुलाई २३ देखि टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ ।

कोरोना महामारी जारी रहेकाले प्रतियोगिताहरु घरमै बसेर हेर्न प्रधानमन्त्री योशिहिदा सुगाले अपील गर्नुभएको छ । तर आयोजकले जापानी खेल प्रेमीलाई प्रतियोगितामा प्रत्यक्ष सहभागी हुन दिने वा नदिने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू