अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

राजेश पायल राईको आशीर्वाद, इशान राईको धरानकी सान्नानी युट्युबको ट्रेन्डिङमा

बिआरटीनेपाल २०७८ असार ३ गते ६:४७ मा प्रकाशित

धरान । द भ्वाईस अफ नेपालको नकआउट राउन्डसम्मको यात्रा तय गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा राई इज किङ्ग राजेश पायल राईले आफ्नै सङ्गीतमा तथा तुलसी बस्नेतको शब्दमा “धरानकी सान्नानीको सम्झना पो आयो है “बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् ।

नकआउट राउन्डबाट बाहिरिए पनि उनलाई सम्पूर्ण जजहरूले मन पराएका थिए । महागुरु दीप श्रेष्ठको टिममा रहेका गायक इशान राईको पछि गायक राजेश पायल राईले नकआउट राउन्डबाट नै बाहिरिएकी अर्का प्रतिभाशाली गायिका मेलिना मैनालीसँग एउटा युगल गीत रेकर्ड गराउने बाचा गरेका छन् । आफूलाई मन परेका प्रतिभाशाली गायक- गायिकाहरूको लागि निस्फिक्री बोल्ने गायक पायलले यसअघि पनि द भ्वाईस अफ नेपालको बैशाली लामासँग एक युगल गीत रेकर्ड गराएका थिए ।

महागुरु दीप श्रेष्ठको टिमबाट द भ्वाईसमा यतिको यात्रासम्म पुगी नेपाली सङ्गीत आकाशको चम्किलो तारा राजेश पायल राईको बलियो साथ पाएपछि गायक इशान पनि अहिले एकदमै खुसी छन्। आफ्नो मिहिनेतलाई अझ निखार्दै आफ्ना शुभचिन्तक तथा दर्शक-श्रोताहरुको भरोसालाई कायम राख्न आफू कटिबद्ध रहेको गायक इशान बताउँछन्।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया