अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना सङ्क्रमण, २ हजार १ सय ४१ जना निको

बिआरटीनेपाल २०७८ असार ३ गते ६:१९ मा प्रकाशित

नेपालमा गएको २४ घण्टामा २ हजार ६ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ११ जनाको आरटीरपीसीआर परीक्षण गर्दा १ हजार ७ सय ६८ जनामा ४ हजार ७ सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार ९ सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै यस अवधिमा २ हजार १ सय ४१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो संगै नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएको विवरणसहित थप ३९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू