अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै 

बिआरटीनेपाल २०७८ असार ३ गते ३:२७ मा प्रकाशित

आगामी महाधिवेशनको मिति र समसामयिक परिस्थितिको बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा  बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टीको १४औँ महाधिवेशनको समय तालिका परिवर्तन गर्ने प्रस्तावका बारेमा निर्णय लिने पनि उहाँले बताउनुभयो ।

गत शनिबार बसेको पार्टी पदाधिकारी बैठकले आसन्न १४औँ महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । यसअघि भदौ ७ देखि १० सम्मका लागि तय गरिएको महाधिवेशनको मिति भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू