अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्चस्तरीय छानविन गर्न माग

बिआरटीनेपाल २०७८ असार ३ गते ३:२० मा प्रकाशित

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न चिकित्सक र कर्मचारीले माग गरेका छन् ।प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरू आर्थिक अनियमिततामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरूले चालेको आन्दोलनमा प्रतिष्ठानका कर्मचारीहरूले समेत सर्मथन जनाएपश्चात बिहीबारदेखि आन्दोलन झन् चर्को भएको छ ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजारमा विरोध प्रर्दशन गरेका छन् । प्रतिष्ठानमा उपकुलपति डा। ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मीको आगमनपछि बेथिती बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानविन गरी दोषीउपर कडा कारबाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चिकिच्सकहरूले चेतावनी दिएका छन् ।

प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गर्नुभएको छ । उहाँले यसअघि प्रतिष्ठानमा भ्रष्टाचार गरेर अख्तियारले कारबाही गरेका पूर्वपदाधिकारीहरू पनि प्रतिष्ठानको सेवासुविधा लिइरहेको भन्दै विरोध जनायनुभएको थियो ।

राजनैतिक नियुक्ति लिएर आएका पदाधिकारीले प्रतिष्ठान सही ढङ्गले सञ्चालन गर्न नसकेकाले प्रतिष्ठानको भविष्यमाथि नै प्रश्न उठेको सोसाइटीका महासचिव डा। सूर्यप्रसाद रिमालले बताउनुभयो । प्रतिष्ठानमा भएको भ्रष्टाचारको विरोध गर्दा उपकुलपतिले डा. गिरीले उल्टै चिकित्सक र कर्मचारीलाई धम्की दिँदै अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू