अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

बिआरटीनेपाल २०७८ असार ३ गते ३:१६ मा प्रकाशित

नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक अहिले बस्दैछ । खनाल–नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएको हो ।सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने एक नेताले बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको स्थायी कमिटी बैठक बोलाउने चर्चा चलिरहेको बेला आफ्नो समूहको रणनीति तय गर्न बैठक डाकेको बुझिएको छ ।

अदालतको पछिल्लो निर्णयले एमालेका दुवै पक्ष जेठ २ मा फर्कनुपर्ने अवस्था आएपछि विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच दिनहूँजसो छलफल भैरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका डा बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू