अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

आणविक हतियार नियन्त्रणको विषयमा वार्ता थाल्न रुस र अमेरिका सहमत

बिआरटीनेपाल २०७८ असार ३ गते ३:०१ मा प्रकाशित

चिरपरिचित प्रतिद्वन्द्वी रुस र अमेरिकाका राष्ट्रपतिबीच स्वीट्जरल्यान्डको जेनेभामा  भेटवार्ता भएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको तिन घण्टासम्म चलेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेको छ ।छलफलको क्रममा विश्वका दुई सर्वशक्तीशाली देशहरु आपसी विवाद र चासो छलफलमातर्फत टुंगाउन सकारात्मक देखिएका छन् । आणविक क्षमता नियन्त्रणको विषयमा वार्ता अघि बढाउन पनि दुई नेता सहमत भएका छन् ।

यसैगरि सन् २०२० को मार्चदेखि फिर्ता बोलाईएका राजदुतहरुलाई पुन मस्को र वासिङ्टन डिसीमा फर्काउन पनि दुई देशका नेताले सहमति जनाएका छन् ।अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको कथित हस्तक्षेपदेखि साइबर आक्रमण, युक्रेनमा रूसको भूमिकालगायतका विषयमा दुई देशबिच गम्भिर मतभेद छ ।क्रेमलिनका आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई पनि अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ । भेटपछि अमेरिकी राष्ट्रपति बाइडेनले आपसी असहमतिलाई मर्यादिन भाषामा दुबै नेताले व्यक्त गरेको र रुस अमेरिकासँग नयाँ शितयुद्धको पक्षमा पनि नरहेको जानकारी गराउनुभयो ।

पुटिनले पनि अनुभवी राज्य संचालन बाइडेनसँग सकारात्मक छलफल भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशका राष्ट्रपतिबिच तिन वर्षमा पहिलो पटक भेवार्ता भएको हो । सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू