अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु

बिआरटीनेपाल २०७८ असार ३ गते २:५८ मा प्रकाशित

चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । आज बिहान फलाम खानीको एउटा कुवामा पानी पसेको जनाइएको छ ।

यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ । हराइरहेका मजदूरको खोजी जारी रहेको छ । खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ छ।

बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू