अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

यूएईमा समस्यामा परेका १८ नेपालीको उद्धार गरी नेपाल पठाइयो

बिआरटीनेपाल २०७८ असार २ गते ७:३२ मा प्रकाशित

एक वर्षदेखि यूएईमा समस्यामा परेका १८ जना नेपालीलाई उद्धार गरी नेपाल पठाइएको छ ।करार अवधि सकिएर अघिल्लो वर्ष नै घर फर्कनु पर्ने भए पनि लकडाउनका कारण घर फर्कन नपाई समस्यामा परेका १८ जना नेपालीको  यूएईमा रहेको नेपाली दूतावासले उद्धार गरी सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाएको दूतावासकी श्रम काउन्सेलर निर्मला थापाले जानकारी दिनुभयो ।

भिसा अवधिभन्दा धेरै समय बसे बापतको जरिबाना तिर्न नसक्दा उनीहरू यूएईमै अड्किएको दूतावासले जनाएको छ । दूतावासले यूएईका विभिन्न निकाय र कम्पनीसँग समन्वय गर्दा यूएई सरकारले धेरैजसो जरिबाना रकम माफ गरिदिएको र केही रकम कम्पनीले तिरिदिएपछि १८ जनालाई नेपाल पठाउन सफल भएको श्रम काउन्सेलर थापाले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू