अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

बिआरटीनेपाल २०७८ असार २ गते ७:२१ मा प्रकाशित

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ ।

विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो ।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । हिजो हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो । इजरायलले देशमा आगो प्रतिरोधी संयन्त्रलाई मजबुत बनाएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू