अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

युरोकपमा आजबाट दोस्रो चरणका खेलहरु शुरु, रुस र फिनल्याण्ड, टर्की र वेल्स, इटली र स्विटजरल्याण्ड भिड्दै

बिआरटीनेपाल २०७८ असार २ गते ७:१३ मा प्रकाशित

रोकपमा आजबाट दोस्रो चरणका खेलहरु खेलहरु शुरु भएका छन् । दोस्रो चरणको पहिलो खेलमा आज समुह ‘बि’ का दुई टोली फिनल्याण्ड र रुस भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे रुसको सेन्ट पिट्सवर्गमा हुनेछ । राति पौने १० बजे अजरबैजानको बाकुमा टर्कीले वेल्सको सामना गर्दा राती पौने १ बजे रोममा इटालीले स्विटजरल्याण्डसँग खेल्नेछ ।

यस अघि गएरातिको खेलमा फ्रान्स र पोर्चुगलले युरोकप फुटबल प्रतियोगितामा विजय सुरुवात गर्दै समुहका पहिलो चरणका खेलहरु सकिएका छन् ।

प्रतिक्रिया