अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

नेपालमा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा घट्यो, देशभर थप २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ असार १ गते ९:०० मा प्रकाशित

नेपालमा केहि दिनयता कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ । मंगलवार देशभरमा २ हजार ७ सय ४५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४ सय ४९ जनाको पिसिआर र ५ हजार ८ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । पछिल्ले २४ घण्टामा देशभर ४ हजार १ सय ८७ कोरोना संक्रमित निको भएसँगै कोरोना मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ । देशभर ९ सय ६७ जना आईसीयू तथा २ सय ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू