अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

कोभिडबाट ज्यान गुमाएका फ्रन्टलाइनरुहरुको स्मृतिमा रत्नपार्कमा दिप प्रज्वलन

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ८:५० मा प्रकाशित

कोरोनाबाट ज्यान गुमाएका फ्रन्टलाइनरुहरुको सम्झनामा सोमबार साँझ काठमाण्डौंको रत्‍नपार्कमा दिप प्रज्वलन गरिएको छ ।कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु भएकाहरुको सम्मान स्वरुप दीप प्रज्वलन गरिएको हो ।

आयोजित कार्यक्रममा उनीहरुका परिवारका सदस्यसहित साथीहरुले रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल पेन्टिङअघि मैनबत्ती बालेर दिप प्रज्वलन गरेका हुन् । अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूलाई काममा थप हौसला मिलोस् भनेर कलाकारहरु साङ्घे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जनले मुरल बनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू