अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

कोरोनालाई जितेका गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ८:४१ मा प्रकाशित

केही दिनअघि कोरोना संक्रमणमुक्त भई घर फर्किएका गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघले सहयोग गरेको छ । संगीतकार संघले उपचार खर्चस्वरूप दीपलाई २ लाख रुपैयाँ सहयोग गरेको हो ।

संगीतकार कल्याणकारी कोषबाट दीप श्रेष्ठलाई सहयोग गरिएको संघका अध्यक्ष पारस मुकारुङले जानाकरी दिनुभयो । अध्यक्ष मुकारुङले कल्याणकारी कोषबाट स्रष्टाको अवस्था हेरेर सहयोग गर्दै आएको र आगमी दिनमा पनि सहयोग गर्दै जाने बताउनुभयो ।

दीप कोरोना संक्रमित भएपछि काठमाडौंको ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । दुई साताको उपचारपछि उहाँ संक्रमणमुक्त हुनुभएको छ । श्रेष्ठलाई अस्पतालका डाक्टर तथा नर्सले सम्मान गर्दै बिदा गरेका थिए । उहाँको डिस्चार्जमा डाक्टर तथा नर्सले उहाँको गीत गाएका थिए । अहिले दीप आफ्नै घरमा आराम गरिरहनु भएको छ ।

प्रतिक्रिया