अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

इराकको मोसुलमा सामुहिक चिहान भेटियो, १ सय २३ जनाको अवशेष फेला

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ८:१५ मा प्रकाशित

इराकको मोसुलमा भयावह नरसंहारको उजागर गराउने एउटा सामुहिक चिहान फेला परेको छ । चरमपन्थी समुह इस्लामिक स्टेट आइएसले जिहादी समूहका १२३ जनाको हत्या गरी पुरिएको अबस्थामा अवशेषहरु फेला परेको हो । डीएनए नमुना र नातेदारहरुको सहयोगमा शवहरुको पहिचान गर्ने प्रयास भईरहेको बीबीसिले जनाएको छ । फेला परेको शव सन् २०१४ मा लडाकु समुह आइएसद्धारा मारिएका ६ सय भन्दा बढी शिया मुस्लिम कैदीहरुमध्येका हुन सक्ने जनाइएको छ ।

त्यो समयमा लडाकुहरुले बाधुस जेलमा आक्रमण गरी आफ्ना सुन्नी साथीहरुलाई छुटाउन सफल भएपछि शिया मुस्लिमहरुको गोली हानी हत्या गरेका थिए । इराकमा हालसम्म १२ हजार मानिसका अवशेष सहित २०० भन्दा बढी सामूहिक चिहानहरू भेट्टाइएको छ ।संयुक्त राष्ट्रसंघले युद्ध अपराध, मानवता बिरूद्धको अपराध र नरसंहार जस्ता कार्यहरूमा आईएसको संलग्नता रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू