अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

जसपाको केन्द्रीय कार्यकारिणी विस्तारप्रति पार्टीभित्र तीव्र असन्तुष्टि

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ८:१३ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतो समूहले केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेपछि पुनः विवादमा तानिएका छन् । अध्यक्ष महन्थ ठाकुरले सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा १६ जना थप गर्दै विस्तार गरेका छन् । ठाकुरले आफ्ना पक्षका १६ जना नयाँ सदस्यमा अधिकांश ठाकुर र महतो निकट रहेकालाई एकलौटी रुपमा विस्तार गरेको भन्दैँ पार्टी भित्रै विवाद चुलिएको छ ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिमा डा.सुरेन्द्र झा, सुरेश मण्डल, राजिव झा, अभिराम शर्मा, प्रमेश्वर साह, कृष्ण सिंह, डा.विजय सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई समेत केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ल्याइएको हो ।

जनता समाजवादी पार्टी (जसपा) अहिले उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद उत्कर्षमा रहेको बेला ठाकुर र महताले पक्षले एकलौटी केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेपछि आफ्नै समूहका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । मनमौजी र एकलौटी ढंगबाट कुनै मापदण्ड र आधारविना आफू निकटकाहरुलाई ल्याइएको भन्दै नेताहरुले नेतृत्वसँग गुनासो गरेका छन् ।

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू